नेपाली राष्ट्रिय क्रिकेट टिम र पपुवा न्यु गिनी (पीएनजी)बीचको  पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय ओडीआई मंगलबार हुँदैछ । मंगलबार ओमान अल अमिरात क्रिकेट मैदानमा दुई शृङ्खला अन्तर्गत पहिलो खेल खेल्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । दोस्रो खेल शुक्रबार हुनेछ । नेपाल र पीएनजीबीच दुई ओडीआई हुनेछ । पहिलो ओडीआई मंगलबार बिहान नेपाली समय अनुसार ओमान एकेडेमीस्थित अल अम्रित क्रिकेट मैदानमा बिहान सवा ११ बजे शुरु हुनेछ । यस्तै शुक्रबार हुने दोस्रो खेल भने डे नाइट हुनेछ । नेपालले पहिलो पटक डे नाइट ओडीआई खेल्न लागेको हो ।पहिलो एक दिवसीयमा नेपालले अनुभवी खेलाडीलाई आराम दिन सक्नेछ । उपकप्तान दिपेन्द्रसिंह ऐरीलाई चोटका कारण आराम दिइने बुझिएको छ । ज्ञानेद्र मल्लको कप्तानीमा रहेको नेपाल यस अघि नै ओमान पुगेको थियो । नेपालले करिब दुई हप्ता ओमानको मौसमसँग घुलमिलकाे तयारी गरेको थियो । नेपालले पीएनजीसँग पहिलो पटक ओडीआई खेल्न लागेको छ । संयोगबस सन् २०१८ मा जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमा पीएनजीलाई नै हराएर नेपालले पहिलो पटक ओडीआई मान्यता पाएको थियो । त्यसपछि नेपाल र पीएनजीबीच पहिलो पटक खेल हुन लागेको हो । नेपालले त्यसपछि नेदरल्याण्ड्स, यूएई, ओमान र अमेरिकासँग मात्र ओडीआई म्याच खेलेको छ । पीएनजी नेपालले ओडीआई खेल्न लागेको पाँचौं टिम हो । नेपालले अहिलेसम्म पीएनजीसँग ४ खेल खेल्दा एक पटक मात्र जित हात पारेको छ । सन् २००५ मा भएको एकदिवसीय विश्वकप छनोट र २०१५ मा भएको र विश्वक क्रिकेट लिगका दुई खेलमा नेपाल पीएनजीसँग पराजित भएको थियो ।

त्रिकोणात्मक सिरिज र पीएनजीसँगको खेलका लागि नेपाली क्रिकेट टोल अगष्ट २४ मा ओमान पुगेको थियो । त्यसपछि नेपालले ओमानमै अभ्यास गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link