फोटो स्रोत क्यान

रोहित पौडेल र सोमपाल कामीले उत्कृष्ट साझेदारी गरेपछि नेपालले पपुवा न्युगिनीमाथि २ विकेटको खेलमा नेपालको संघर्षपूर्ण जीत हात पारेको छ । नेपालले एकदिवसीय शृङ्खलाको पहिलो खेलमा पपुवान्यसगिनीमाथि दुई विकेटको संघर्षपूर्ण जीत हासिल गरेको छ । पपुवान्युगिनीले प्रस्तुत गरेको १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको हो ।ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई राम्रो शुरुवात दिलाए पनि मध्यक्रमका ब्याट्सम्यान टिक्न नसक्दा नेपाल दबाबमा परेको थियो । शेखले ३० र भुर्तेलले १५ रन बनाउँदै पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरे ।यसअघि पपुवा न्युगिनीले अलआउट हुँदै १ सय ३४ रन बनाएको थियो ।  ओमानस्थित अल अमेरत रंगशालामा टस जितेर ब्याटिङ थालेको पपुवा न्युगिनीविरुद्ध सन्दीप लामिछानेले ४, विक्रम सोब र कुशल मल्लले दुई–दुई तथा सोमपाल कामीले एक विकेट लिए । सन्दीपले १० ओभर बलिङ गर्दै केवल ३५ रन खर्चिएर ४ विकेट लिएका हुन् । पिएनजीका लागि गाउडी टोकाले ४.३ ओभरमा १८ रन खर्चेर १ मेडनसहित सर्वाधिक ३ विकेट लिए । त्यस्तै, चाड सोपर र डामिनियन राभुवले २/२ तथा नोसइना पोकनाले १ विकेट लिए । टस जितेर ब्याटिङ रोजेको पिएनजीका लागि लेगा  सियाकाले ३०, गाउडी टोकाले २२ तथा चार्ल्स अमिनीले २३ रन बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै ओडीआई डेब्यु गरेका विक्रम सोबले ५ ओभरमा १ मेडन राख्दै २० रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ७ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए । ट्राई नेसन एकदिवसीय सिरिजका लागि ओमान पुगेको नेपालले तयारी स्वरुप पिएनजीसँग दुई एकदिवसीय खेल्ने तय गरेको हो । दोस्रो एकदिवसीय शुक्रबार हुनेछ भने ट्राइ नेसन सिरिज सेप्टेम्बर १३ देखि सुरु हुनेछ ।

आजको म्याच को प्लयेर अफ द म्याच सन्दिप लामिछाने भए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link