नेपाल सुपर लिग महिला तथा पुरूष फ्रेञ्चाइज भलिबल लिग हुने भएको छ । नेपाल सुपर लिग फुटबलको आयोजनापछि चौधरी ग्रुप अन्तर्गतको नेपाल स्पोर्ट्स एण्ड इभेन्टले भलिबलमा पनि फ्रेन्चाइज लिग गर्ने भएको हो। नेपाल सुपर लिग भलिबलमा सातवटै प्रदेशको प्रतिनिधित्व हुने गरी टिम बनाइनेछ । लिगका लागि नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट र नेपाल भलिबल संघबीच सम्झौता भएको छ। लिगका लागि नेपाल भलिबल संघले प्राविधिक सहयोग गर्नेछ। संघले आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टलाई जनशक्ति, कभर्डहल, विदेशी एंव स्वदेशी खेलाडीहरूको व्यवस्थापन गर्नेछ। लिगबाट भएको नाफाको ३० प्रतिशत संघले पाउनेछ। प्रथम संस्करण २०२१ को नोभेम्बर १७ देखि डिसेम्बर १७ तारिखसम्म हुनेछ। प्रतियोगितामा भाग लिने टिमको बारेमा अहिले जानकारी दिइएको छैन।नेपाल फुटबलको पहिलो फ्रेन्चाइज लिग- नेपाल सुपर लिगसमेत गत वैशाखमा आयोजना गरेको एनएसईएमले नेपालको खेलकुदलाई थप व्यावसायिक बनाउन विकासका लागि भलिबलको पनि व्यावसायिक लिग गर्न लागेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय