अमेरिका जान  हिँडेका ८५ नेपाली जर्मनीको फ्र्याङफर्ट विमानस्थलमा अलपत्र परेका छन् । नेपालबाट दुबई- मस्को- जर्मनी हुँदै मेक्सिकोको बाटोबाट अमेरिका जान हिँडेका उनीहरु आफूसँग भएका कागजात नक्कली भएका कारण जर्मनीमै रोकिएका हुन् ।

फ्र्याङफर्ट विमानस्थलको सुरक्षामा कार्यरत एक नेपालीकाअनुसार ८५ जनामध्ये ३५ जनालाई जर्मनीबाट जान दिइएको छैन भने बाँकी मेक्सिकोबाट फर्किएका हुन् । तीमध्ये अनुसन्धानका लागि १८ जनालाई प्रहरीले लगेको उनी बताउँछन् ।

विमानस्थलमा ‍अलपत्र परेकाहरुमध्ये धेरै रोल्पा, रुकुम, दाङ, म्याग्दीसहित पश्चिम नेपालका रहेको बताइएको छ । हाल उनीहरु विमानस्थलको ट्रान्जिटमा रहेको छन् ।

‘मेक्सिकोबाट अमेरिका जानका लागि नेपालमा दलाललाई ४० लाख दिएको बताएइको छ ।  एयर पोटमा प्रहरीले केहीलाई अनुसन्धानका लागि सोधपुछ गरेको छ भने केही ट्रान्जिटमा छन् ।’

विमानस्थलमा अलपत्र परेकाहरुबारे जर्मनीस्थित दूतावासलाई जानकारी भएपनि आधिकारिक निवेदन नआउँदासम्म केही गर्न नसकिने जर्मनीका लागि नेपाली दूतावासले जनाएको छ।

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काका अनुसार विमानस्थलमा अलपत्र परेकाहरुबारे दूतावासलाई समाचारमार्फत् थाहा भएको तर, आधिकारिक निवेदन नआउँदा कहाँबाट कति जना आएका छन्, त्यहाँ कसरी पुगे भन्ने बारेमा जानकारी हुन सकेको छैन। उनले भने, ‘नामावली, ठेगानासहित हामीले निवेदन दिनलाई भनेका छौं। आधिकारिक निवेदन आएपछि मात्रै हामीले प्रक्रिया अघि चाल्न सक्छौं ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link