आईसीसी टी–२० विश्वकपको उपाधी अस्ट्रेलियाले चुमेको छ ।  संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा न्यूजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलियाले पहिलोपटक उपाधि जितेको हो ।

टस जितेर अस्ट्रेलियाले फिल्डिङ गरेपछि न्यूजिल्यान्डले जितका लागि १७३ रनको चुनौती दिएको थियो । सो चुनौती अस्ट्रेलियाले १८.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

मिचेल मार्शले नटआउट ७७ रन जोडे । उनले ५० बलको सामना गर्दै ४ छक्का र ६ चौका प्रहार गरे । त्यस्तै ओपनर डेभिड वार्नरले ५३ रन तथा ग्लेन म्याक्सवेलले २८ रनको योगदान गरे ।

न्यूजिल्यान्डका ट्रेन्ट बोल्टले २ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको न्यूजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७२ रन बनाएको थियो। उसका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ८५ रन बनाए । त्यस्तै मार्टिन गुप्टिलले २८ तथा ग्लेन फिलिपले १८ रन जोडे ।

अस्ट्रेलियका जोश हाजलवुडले ३ विकेट लिए भने आडम जाम्पाले १ विकेट आफ्नो नाममा लेखाए ।

सन् २००७ बाट सुरु टी–२० विश्वकपमा दोस्रो पटक फाइनल पुग्दा अस्ट्रेलियाले उपाधि चुमेको हो । अस्ट्रेलिया २०१० को विश्वकपमा पनि फाइनल पुगेको थियो । फाइनलमा इङ्ल्यान्ड बाधक बनेको थियो । यसपटक पाकिस्तानलाई सेमिफाइनलमा पराजित गर्दै अस्ट्रेलिया फाइनल पुगेको थियो ।

यसैगरी न्यूजिल्यान्ड भने पहिलो पटक फाइनल पुगेको थियो । उसले सेमिफाइनलमा इङ्ल्यान्डलाई पाखा लगाउँदै फाइनल यात्रा तय गरेको थियो। साविक विजेता वेस्ट इन्डिज भने समूह चरणबाटै घर फर्केको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link