एजेन्सीः भारत सरकारले १८ महिनापछि विदेशी पर्यटकलाई प्रवेश अनुमति दिएको छ । कोभिड १९ विरुद्ध खोप लगाएका सबै विदेशी पर्यटकका लागि सरकारले सोमबारदेखि प्रवेश अनुमति दिएको हो ।

कोभिड १९ रोकथाम गर्न लगाएको प्रतिबन्ध हटाउँदै सरकारले देशको नियमित व्यापारिक उडानमार्फत विदेशी पर्यटकलाई भारत प्रवेशको अनुमति दिएको अधिकारीहरुले बताएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारत प्रवेश गर्ने जुनसुकै विदेशी पर्यटकले कोभिडविरुद्ध पूर्णखोप लगाएको हुनुपर्ने र कोभिड १९ मापदण्ड अपनाउनु पर्नेछ । पर्यटकसँग ७२ घण्टाभित्र जाँच गरिएको कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट हुनुपर्नेसमेत मन्त्रालयले जनाएको छ ।

यद्यपि, भारतसँग साँझेदारी सम्बन्ध भएका अमेरिका, बेलायत र अन्य युरोपेली संघका केहि मुलुकको हकमा भने सो मापदण्ड लागु नहुने बताइएको छ । विश्व कोभिड १९ महामारी सुरु भएपछि भारत सरकारले सबै मुलुकबाट भित्रिने पर्यटक प्रवेशमा रोक लगाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय