इंग्ल्यान्ड कतारमा आयोजना हुने फिफा विश्वकप २०२० मा छनोट भएको छ । युरोपियन छनोट अन्तर्गत सोमबार राति सान मारिनोलाई १०–० गोल अन्तरले पराजित गर्दै समूह ‘आई’को इंग्ल्यान्डले विश्वकपमा स्थान पक्का गरेको हो ।
इंग्ल्यान्डको जितमा ह्यारी केनले ह्याट्रिकसहित चार गोल गर्दा ह्यारी मग्वाएर, इमिल स्मिथ, ट्य्रोन मिङ्स, टामी इब्राहिम र बुकायो साकाले एक-एक गोल गरे ।
इंग्ल्यान्डले एउटा गोल उपहार पाएको थियो। सान मारिनोका फिलिप्पो फाब्रीले आत्मघाती गोल गरेका हुन् । जितसँगै इंग्ल्यान्डले १० खेलमा २६ अंक जोड्यो भने सान मारिनोले १० खेलमा अंक जोड्न सकेन ।




