नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आज अन्तर्राष्ट्रिय खेल खेल्दैछ । आइसिसी वुमन्स टी–२० एसिया छनोटको तयारीस्वरूप नेपालले कतारसँग तीन खेलको अन्तर्राष्ट्रिय टि–२० सिरिज खेल्न लागेको हो ।

सिरिजको पहिलो खेल मंगलबार दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुने छ। नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक टि–२० अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको हो ।

नेपालले पछिल्लो पटक नेपाली महिला क्रिकेट टोलीले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत डिसेम्बर ७ मा बंगलादेशविरुद्ध अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।

सिरिजको दोस्रो खेल मंसिर १ र तेस्रो तथा अन्तिम खेल २ गत हुनेछ । कतार भ्रमणपछि नेपाली टोली टी–२० वुमन्स विश्वकप एसिया छनोटका लागि मंसिर ३ मा युएई प्रस्थान गर्नेछ ।

टी–२० वुमन्स विश्वकप एसिया छनोटमा आयोजक युएइ सहित नेपाल, हङकङ, भुटान, कुवेत र मलेसियाको सहभागिता छ ।
विश्वकप एसिया छनोट मंसिर ६ देखि १२ (९ नोभेम्बर २२ देखि २८ सम्म) हुनेछ  । शीर्ष टोलीले अर्को वर्ष दक्षिण अफ्रिकमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

छनोटमा नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ भने दोस्रो खेलमा मंसिर ७ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।  नेपालले मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएइसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link