एजेन्सीः पछिल्लो समय बलिउड कलाकारहरूका लागि बिदा मनाउने उत्कृष्ट गन्तव्य माल्दिभ्स बनेको छ । बलिउड तथा दक्षिण भारतका थुप्रै कलाकारले हनिमुन र बिदा मनाउनका लागि माल्दिभ्सलाई रोज्ने गरेका छन् । माल्दिभ्सको समुन्द्री तटमा थुप्रै अभिनेत्री बिकिनीमा खुल्ने पनि गरेका छन् ।

यही क्रममा बलिउड अभिनेत्री एवं सन् २०१७ की विश्व सुन्दरी मानुषी छिल्लर पनि यतिखेर माल्दिभ्स पुगेकी छन् । ‘पृथ्वीराज’ चलचित्रबाट बलिउडमा डेब्यु गर्न लागेकी मानुषी बिदा मनाउन माल्दिभ्स पुगेकी हुन् ।

माल्दिभ्स पुगेपछि अन्य अभिनेत्रीको पदचाप पछ्याउँदै उनी हट अवतारमा प्रस्तुत भएकी छन् ।  कतै हरियो त कतै रातो पहिरनमा खुलेकी उनले माल्दिभ्समा खिचेका तस्बिरहरू सामाजिक सञ्जालमा शेयर पनि गरेकी छन् । उनको तस्बिरलाई धेरैले मन पनि पराएका छन् ।

हरियाणाबाट ‘फेमिना मिस इन्डिया’मा सहभागी भएकी उनले मिस वल्र्डको ताज पनि पहिरिन सफल भएकी थिइन् । मानुषी मिस वल्र्डको ताज भारत भित्र्याउने छैटौं सुन्दरी हुन् । चलचित्र ‘पृथ्वीराज’मा मानुषीले नायक अक्षय कुमारसँग रोमान्स गरेकी छन् । यस चलचित्रमा अक्षय कुमारले पृथ्वीराज चौहानको भूमिका निर्वाह गर्ने छन् भने मानुषीले उनको धर्मपत्नी संयुक्ताको भूमिका निभाउने छिन् ।

एस राज फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको निर्देशन चन्द्रप्रकाश द्विवेदीले गरेका छन् । चलचित्रमा सञ्जय दत्त, सोनु सुद, आशुतोष राणा, साक्षी तनवर, ललित तिवारीलगायतका कलाकारको पनि अभिनय रहने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय