लेखक-कवि तथा गीतकार सागर फुयालको ‘अँजुलीमा थाप्न पाए’ कविता तथा गीतसंग्रह विमोचन गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजिक कार्यक्रममा कवि फुयालको कविता  तथा गीतसंग्रह विमोचन गरिएको हो । उक्त कृति दुई भागमा विभाजन गरिएको छ । पहिलो भागमा ३३ वटा कविता समेटिएको छ । त्यस्तै दोस्रो भागमा ६८ वटा गीत समेटिएको छ ।

उक्त कृति विमोचन कार्यक्रममा प्रमुख अतिथी त्रिभुवन विश्व विद्यालयका प्रा डा श्रीकृष्ण श्रेष्ठ र कवि फुयालकी ममतामही ‘आमा’ मैया फुयालले संयुक्त रुपमा विमोचन गर्नु भएको थियो । कार्यक्रममा पूर्व राजदूतहरु बलबहादुर कुँवर, निरञ्जनमान सिंह बस्न्यात र अरुण धितालको उपस्थिति रहेको थियो ।

त्यस्तै विषेश अतिथिहरुमा शब्दाङ्कुर मासिकका प्रधान सम्पादक धीरकुमार श्रेष्ठ र विमल धोकाजीको उपस्थिति थियो । विमोचन कार्यक्रममा कृतिको समिक्षा नेत्र न्यौपानेले गरेका थिए । कृति बारे स्वागत मनतव्य नविन घिमिरे र कृसु सुवेदीले राखेका थिए । लेखक-कवि तथा गीतकार फुयालले लेखकीय धारणा राखेका थिए । कवि फुयाल शब्दाङ्कुर मासिकको सम्पादक समेत हुन् । कार्यक्रम संचालन टेकेन्द्र चेम्जोङले गरेका थिए । कृति विमोचन कार्यक्रममा उल्लेख्य उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link