नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल धमाका अभियान सञ्चालनमा ल्याएको छ । कम्पनी साेमबार एक कार्यक्रमका बीच अभियानको शुभारम्भ कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले गरेका हुन् ।

सूचना प्रविधिको विकासक्रमसँग आफ्ना ग्राहक तथा अभिकर्तालाई साक्षात्कार गराउने अभिप्रायका साथ अभियान सञ्चालनमा ल्याइएको कम्पनीले जनाएकाे छ ।

यसअघि माघ महिनाभरि बिमा शुल्कको नविकरण अनलाइन माध्यमबाट भुक्तानी गर्ने ग्राहकलाई विभिन्न उपहारको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ । भुक्तानी सेवा प्रदायक खल्तीबाट बिमाको नविकरण शुल्क भुक्तानी गर्ने मध्येबाट हरेक साता एकजना भाग्यशाली विजेतालाई इयरबस् प्रदान गरिने छ । त्यसैगरि पहिलो पटक खल्तीको प्रयोग गरी बिमा शुल्कको नविकरण गर्ने सम्पूर्णलाई एक सय क्यास व्याक प्रदान गरिने कम्पनीले जनाएको छ ।

प्रविधिको अधिकतम प्रयोग गर्दै कार्यसम्पादन गर्न अब्बल रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बिमा शूल्क नविकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायक इ-सेवा, खल्ती, फोन-पे, कनेक्ट आइपीएस, आइएमई-पे र प्रभु-पे सँग सम्झौता गरेको छ । यस कम्पनीका ग्राहकले घरै बसीबसी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन् ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले घरबाट नै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुको साथ साथै कारोबारसमेत सुरक्षित हुने विश्वास व्यक्त गरे । आगामी दिनमा कम्पनीलाई झन् प्रविधिमैत्री बनाई ग्राहकलाई छिटो, छरितो, चुस्तदुरुस्त सेवा प्रवाह गर्न कम्पनी लालायित रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link