काठमाडौंको शान्तिनगर स्थित बेबिलोन नेशनल स्कूलले विद्यार्थीहरुलाई चिनियाँ भाषा सिकाउन सुरु गरेको छ । बेबिलोनले ४-५-६ र ७ कक्षाका विद्यार्थीहरुलाई उक्त भाषा सिकाउन सुरु गरेको हो ।

चिनियाँ भाषा सिकाईका लागि चीन सरकारबाट स्वयम् सेवकको रुपमा नेपाल आएका ६५ जना शिक्षक मध्ये बेबिलोन स्कूलले एक जना शिक्षक प्राप्त गरेको हो । चिनियाँ शिक्षक येइन जेनलिनले अबको एक बर्ष उक्त भाषा बेबिलोन स्कूलका विद्यार्थीहरुलाई सिकाउने छन् । स्वयम् सेवकका रुपमा आएका जेनलिनलाई स्कुलले खाने बस्ने देखि पकेट खर्च सम्मको व्यवस्था गरेको छ । यस अघि पनि बेबिलोन स्कूलले चार वर्ष चिनियाँ भाषा आफ्ना विद्यार्थीहरुलाई सकाइ सकेको छ ।

चीनको प्रभाव विश्वमा बढीरहेको बेला बेबिलोन स्कूलमा पढ्ने विद्यार्थीहरुलाई चिनियाँ भाषा संस्कृति तथा त्यहाँको परम्परा सिकाउने उद्देश्यले चिनियाँ शिक्षकको व्यवस्था गरिएको विद्यालयका प्रिन्सिपल राजु राईले जानकारी लिए । बेबिलोन स्कूलमा पढेका विद्यार्थीहरु चिनियाँ भाषा र संस्कृतिक परिचित हुन सकुन भन्ने उद्देश्य रहेको उनको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link