इन्द्रावती गाउँपालिका वडा नम्बर १२ र ७ का महिलाहरुलाई हार्ट अफ नेपाल संस्थाले कुखुराको चल्ला र दाना वितरण गरेको छ । संस्थाका संयोजक जयन्ती सापकोटाले वडा नम्बर १२ र वडा नम्बर ७ मा रहेको २० वटा समुह मध्येको एक समुहको प्रति महिलालाई ३६ वटा कुखुराको चल्ला र दाना हस्तान्तरण गरेकी हुन् ।
बिद्यालयको दिवा खाजालाई प्रभावकारी बनाउने र संस्थाले वितरण गरेको कुखुराको चल्लाबाट उत्पादित मासु र अण्डा जस्ता स्थानिय उत्पादनको विद्यालयको दिवा खाजाको लागि प्रयोग होस भन्ने उदेश्यका साथ संस्थाले कुखुराको चल्ला र दाना वितरण गरेको संयोजक सापकोटाले बताइन् ।
पिछडिएको दलित र जनजाति महिलाहरुलाई आत्मनिर्भर बनाई आफुले उत्पादन गरेको बस्तु आफ्नै बच्चाको निम्ति विद्यालयमा दिवाखाजको रूपमा प्रयोग गर्ने बाताबरण गराई संस्थाले घरायसी उत्पादन को बजारीकरणको समस्य नरहने गरि उत्पादन बस्तुको विद्यालयमा विक्रि गराई गरिब महिलाहरुको आर्थिक पाटोलाई पनि सहयोग पुर्याउने लक्ष्य सस्थाले राखेको छ।
वितरण कार्यक्रममा संस्थाका प्रतिनिधि , राजन दंगाल , पुर्ण माया दनुवारको उपस्थिति रहेको थियो ।
संस्थाले वडा नम्बर १२ को चार वटा र वडा नम्बर ७ को दुई वटा विद्यालयमा दिवाखाजाको लागि प्रति विद्यार्थी २० रुपैयाँ सहायता गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link