काठमाडौंको दक्षिणकाली नगरपालिका १ को चाल्नाखेल वोसनमा केवलकार सञ्चालनमा आउने भएको छ । चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रालिले सो केवलकार सञ्चालन गर्ने भएको हो । चम्पादेवी ईको फ्रेण्डली कम्पनीले एक पत्रकार सम्मेलन गरी सो विषयमा जानकारी गराएको हो ।

कम्पनिका तर्फबाट सञ्चालक कमलेश कुमार अग्रवालले केवलकार सञ्चालनका लागि आवश्यक प्राविधिक कार्य पुरा भएको र अब निर्माण प्रक्रिया सुरु हुने जानकारी दिए । उनका अनुसार अबको तीन वर्षमा निर्मण कार्य सम्पन्न भइ सो केवलकार सञ्चालनमा आउनेछ । कम्पनिका अनुसार चम्पादेवीमाताको मन्दिर रहेको डाँडाहरु गरी करिब बाइस हेक्टर वन क्षेत्र नेपाल सरकारबाट प्राप्त भएको छ । केही प्राविधिक एवं कानुनी अवरोधहरुको निकास सर्वोच्च अदालतबाट प्राप्त गरेसपछि यो परियोजनाको कार्य तीब्र गतिले प्रारम्भ गरिएको कम्पनिले जनाएको छ ।

यो केबलकार परियोजना २०७६-बैशाख २ गते बसेको ७१औं नगर कार्यपालिकाको निर्णय अनुसार २०७६ बैशाख ६ मा केबलकार निर्माण तथा संचालन अनुमति प्राप्त भएको हो । कम्पनीले उक्त दक्षिणकाली नगरपालिका बाट मिति २०७६ बैशाख ६ मा निर्माण तथा संचालन अनुमति पत्र प्राप्त गरेपछि निवेदक कम्पनीलाई आवश्यक पर्ने जग्गाका जग्गाधनीहरु नेपाल तथा नेपाल बाहिर विभिन्न देशमा बस्ने भएको हुँदा निज जग्गा धनीहरुलाई सम्पर्क गरी निवेदक कम्पनीलाई आवश्यक पर्ने बेस स्टेसन, रोप वे का जग्गाहरु ख्रिद गर्ने काम सम्पन्न गरिएको हो ।

कम्पनीले उक्त केबुलकार संचालनका लागि डिजाइन अष्ट्रियन कम्पनीबाट तयार गरिएको जनाएको छ । कम्पनिका अनुसार सो केबलकार यूरोपियन केबलकार हुनेछ । कम्पनीले चम्पादेवीमाताको मन्दिरको डिजाइन वरिष्ठ आर्किटेक र वास्तु विशेषज्ञ शंकरनाथ रिमालबाट गरिएको हो । कम्पनीले उक्त केबुलकार प्रोजेक्ट निर्माण गर्नका लागि ५०० देखि ६०० करोड अनुमानित खर्च गर्ने योजना रहेको जानकारी गराएको छ । कम्पनीले उक्त केबुलकार २०८१ को अन्त्यमा सक्ने जनाएको छ । कम्पनीले विदेशीलगानीकर्ता समेत भित्राउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link