लेखक-कवि तथा गीतकार सागर फुयालको ‘अँजुलीमा थाप्न पाए’ कविता तथा गीतसंग्रह सार्वजनिक भएको एक सातामै पुनः मन छुने दुईवटा कविता आएका छन् । ‘हाम्रो मौलिक स्वर्ग’ र ‘सपना त देख्नुपर्छ’ शीर्षकमा कवि फुयालको दुईवटा कविता आएका हुन् । फुयालको एक साता अघि कविता  तथा गीतसंग्रह सार्वजनिक थियो ।

‘सपना त देख्नुपर्छ’

सपना त देख्नुपर्छ
मीठो कथा पढेजस्तै
नबिराई अक्षर पढ्नुपर्छ
शब्द शब्दका भावनाका

सागरका गहिराईमा

अझ पिंधमा पुगि
ज्यांन हत्केलामा राखि
तिमीले कहिले कहिले
देखि खोजेको अनमोल
मोतीको दाना टिप्नुपर्छ
त्यसैले,
सपना त देख्नुपर्छ ॥

तिमीले बसाउन

खोजेको सहरमा

तिमीले सजाउन
खोजेको सहरमा
कति अनि कस्ता कस्ता
भवनहरूको जगमा
कुन कुन र कति भावनाहरू
चाहनाहरू र मायाहरू
मिसाएर बनाएका जगमा
उभिएका प्रेमले भरिएको
घरहरु भएका एउटा
शहर बसाल्नु छ
त्यसैले,
सपना त देख्नुपर्छ ।

त्यो सजीव सपना हुनेछ
सपनाहरू मध्ये पनि
त्यस्तो सपना हुंनेछ
जहां सागरको पिधमा
पुगि ज्यान हत्केलामा
राखिरमा टिपी ल्याउंछ
अनमोल मोतीका दाना
त्यसैले,
सपना त देख्नुपर्छ ॥

भावना र मायाको जगमा
बसेको यो सुन्दर शहर
जहां यस लोकका मात्र
नभई सबै लोकबाट
माया बीना ब्याकूल
बनेका, अत्तालिएका
बाटो बिराई अलमलिएका
सबै सबै प्राणीहरू
अझ,
मान्छेहरू आउने छन्
अनि थहां पाउनेछन्
कति प्रेमिल हुने रहेछ
कति सुन्दर हुने रहेछ
कति प्यारो हुने रहेछ
सजीव सपना पनि
क्षणभरको लागि सहि
जीवनभरी नमेटिने
स्वपनिल सॅंसारमा
हराउंन पाउछौ हामी
त्यसैले,
सपना त देख्नुपर्छ ॥

हाम्रो मौलिक स्वर्ग

हो, त्यो स्वर्ग जीर्ण भयो

सॅंसारमा कृति कमाएका

उच्चकोटीका मान्छे बस्ने

पृथ्बीको रुप फेरि

धरा धरा एकै पार्ने

बसाईॅ सर्न पृथ्बीबाट

ब्रहमाण्ड चहार्ने

बिलक्षण प्रतिभा भएका

यी महामानव हुंदा हुंदै

जीर्ण हुंदै गएकोले

हाम्रो मौलिक स्वर्ग

बनाउंनु छ आफैलाई हेरी ॥

सॅंसारलाई चारै

तिरबाट हेरिसकेपछी

पाप र धर्मबीचको

अर्थ बुझिसकेपछि

प्रतिभाहरू एक अर्कालाई

हेर्न थालेपछि

मैंले अब एउटा हाम्रै लागि

खोजेजस्तो सोचेजस्तो

स्वर्गको निर्माण नै

जीवनको लक्ष्य बनाई

पूरानो जीर्ण स्वर्गका

प्रतिभा सबै उतै राखी

हाम्रो मौलिक स्वर्ग

बनाउंनु छ आफैलाई हेरी ॥

हाम्रो स्वर्ग यस्तो हुन्छ

ईन्द्र हुदैनन् कोही

न मेनका, त्तिलोत्तमा

उर्वसी न त अप्सरा

छुटदैनन् तर तीन मितहरू

नृत्य,संगीत र मदिरा

मयुंरको नांच, चीरबीर आवाज

फूलको बाग, मृगको चाल

निलो कीरण, निलो आकाश

सप्तरंगी ईन्द्रेणी, सुन्दर त्रीवेणीका बीच

हाम्रो मौलिक स्वर्ग

बनाउंनु छ आफैलाई हेरी ।

अत्तर होईन सुवास चाहिन्छ हामीलाई

त्यही स्वर्गको बीच

बनाई ठूलो उद्यान

रोपेर सेतो गुलाब

गरी स्याहार अनि मलजल

गरी स्नेह, माया, जतन

हुर्कांई राख्नु छ

स्वस्थ राख्नु छ

फैलाएर बोट सबैतिर

सेतो गुलाब फुलाउनु छ

ढकमक्क गुलाबका थुंगाहरूको

वासनाले त्यो जीर्ण स्वर्गको

मैमत्त उन्मादलाई

केहि भए पनि शान्त पार्ला

सेतो गुलाब प्रतीक हो

शान्तिको, सौम्यताको,

बेदागको, शीतलताको

अनि मित्रताको पनि,

पूरै फूल्न र फक्रिन दिई

सेतो गुलाबलाई

बनाउनु पर्छ सुन्दर परी

हाम्रो मौलिक स्वर्ग

बनाउंनु छ आफैलाई हेरी ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link