
विराटनगरका यशोदा पोखरेल भट्टराई र उज्ज्वल भट्टराईको १२औँ वैवाहिक बर्ष गाँठमा प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसी उपहार दिइएको छ ।
वैवाहिक वर्षगाँठको अवसर पारेर श्रीमान् उज्ज्वल भट्टराईले आफ्नी श्रीमती यशोदा पोखरेल भट्टराईलाई ३० लाख रुपैयाँको बीमाङ्क रकमको सो जीवन बीमा योजना प्रदान गरेका हुन् ।
जीवन बीमा हस्तान्तरण कार्यक्रममा प्रभु लाइफका तर्फबाट प्रदेश प्रमुख पुष्कर भट्टराई, शाखा प्रमुख प्रशान्त पाण्डे लगायतको उपस्थिति थियो । श्रीमती यशोदा पोखरेल भट्टराई प्रभु लाइफको एजेन्सी म्यानेजर समेत रहेकी छिन् ।