नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुटवलको सिदार्थ कटेजमा आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । कम्पनीका अनुसार अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको उक्त कार्यक्रममा करिब ३३० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, कम्पनी सचिव बिनोद भुजेल, एजेन्सी सभिसिङ्ग विभागका प्रमुख सुनिता पोखरेल प्रदेश प्रमुखहरु स्मृति राज कंडेल, अनन्त अधिकारी, सहदेव अधिकारी, दीपक राज भट्ट लगायत शाखा तथा उपशाखाका प्रमुख तथा कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको शुभारम्भ संयुत्त रुपमा पानसमा दीप प्रज्वलन गरी नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल र नेसनल सेल्स हेड उमापति पोखरेलले गरेका थिए ।

विशेष कारणबस देश बाहिर रहेका उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअली उपस्थित भई माघ महिनाको स्कीमबाट छनोट भएर कार्यक्रममा बीमा अभिकर्ताहरुलाई स्वागत तथा बधाई ज्ञापन गरे ।

अभिकर्ताहरुको क्षमताको विकाश कम्पनीको केन्द्रबिन्दुमा रहेको र यसैलाई मूर्त रुप प्रदान गर्न अन्तराष्ट्रिय ख्याती प्राप्त प्रशिक्षकल्याई कार्यक्रम आयोजना गरिएको बताए । यस किसिमको कार्यक्रमले बीमा क्षेत्रमा भएका नविनतम प्रयोगसँग साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी सीपहरुलाई थप निखार्न महत्वपुर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

कार्यक्रममा उपस्थित अभिकर्तालाई धन्यबाद ज्ञापन गर्दै यस कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले आगामी दिनमासमेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोबल अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताए । अभिकर्ताहरुको घर दैलोमा तालिम प्रदान गर्न पाउँदा आफू खुशीसमेत भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link