११ असार, विराटनगर । मासु व्यवसायी कासिद अन्सारी मृत्यु प्रकरणको अनुसन्धानमा प्रहरीले चासो नदेखाएको भन्दै आफन्त र स्थानीयले रंगेली-विराटनगर सडक अवरुद्ध पारेका छन् ।

र्‍यापर गिरिश खतिवडाले सञ्चालन गरेको होटल जी क्याफे एण्ड विस्त्रोमा असार ३ गते घाइते भएका अन्सारीको सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो ।

अन्सारीको मृत्युपछि आफन्तले गायक खतिवडा र होटलका दुई कर्मचारीविरुद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका थिए । प्रहरीले आरोपीलाई पक्राउ नगरेको भन्दै सोमबार आफन्त र स्थानीयले रंगेली विराटनगर सडक खण्डको कर्सिया बजार क्षेत्रमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका हुन् ।

असार ३ गते जी क्याफे एण्ड विस्त्रोमा मासु पुर्‍याउन आएका अन्सारी होटलमा घाइते भएका थिए । सिसाले काटेर तिघ्रामा गहिरो चोट लागेपछि उनलाई कोशी अस्पताल हुँदै उपचारका लागि विराट नर्सिङहोम लगिएको थियो । नर्सिङहोममा उपचारका क्रममा सोही दिन उनको मृत्यु भएको थियो ।

रहस्यमय मृत्यु प्रकरणमा पीडित किटानी जाहेरी दिँदासमेत अनुसन्धान नगरेको आफन्तको गुनासो छ । मृतक अन्सारीका भाइ माजिद अन्सारीले मृत्यु भएको एकसाता वितिसक्दासमेत प्रहरीको आरोपीलाई पक्राउ नगरेको बताए । आफन्तले घटनाको निष्पक्ष छानबिनका लागि सीआईबीको टोली माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link