हार्ट अफ नेपालले सिन्धुपाल्चोको इन्द्रवाती गाउँपालिका १२ स्थित ढोटार आधारभूत विद्यालयका अति विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाको प्रतिनिधि सहितको टोलीले विद्यालयका अति विपन्न २६ विद्यार्थीहरुलाई आवश्यक पर्ने शैक्षिक सामग्री वितरण रहेको हो ।

विद्यालय पोसाक, जुत्ता, कपी, झोला, कलम र रंगहरु वितरण गरेको हार्ट अफ नेपाल संस्थाका प्रतिनिधी जयन्ती सापकोटाले जानकारी दिएका छन् । संस्थाले ६ वटा विद्यालयको अति विपन्न २०० बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने लक्ष्य राखेकोमा पहिलो चरणमा ढोटार आधारभूत विद्यालयका २६ विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link