परराष्ट्र मन्त्री एनपी साउद थाइल्याण्ड जाँदै जाने भएका छन् । विमस्टेक राष्ट्रका परराष्ट्रमन्त्रीस्तरीय ‘रिट्रिट’मा सहभागी हुन मन्त्री एनपी साउद आज थाइल्याण्डको बैंकक जानलागेका हुन् । उनी दिउँसो एक बजे थाई स्माइल एयरवेजको जहाजबाट त्यसतर्फ प्रस्थान गर्ने छन् । परराष्ट्रमन्त्रीस्तरीय ‘रिट्रिट’ सोमबार हुने छ । सोही दिन उनी नेपाल फर्कने छन् ।
बिमस्टेकमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमार सदस्य छ । बैंककमा हुने बिमस्टेक विदेशमन्त्री स्तरीय बैठकको क्रममा परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री बीच साइडलाइन वार्ता हुने छ । परराष्ट्र मन्त्री बनेपछि साउद र एस. जयशंकरबीच दोस्रोपटक साइडलाइन वार्ता हुन लागेको हो । योभन्दा पहिले बंगलादेशमा इन्डिया फाउन्डेशनको कार्यक्रममा सहभागी भएको बेला उनीहरूबीच पहिलो अनौपचारिक भेट भएको थियो।




