कवि तथा गीतकार सागर फुयालको एकल शब्द र लोकप्रीय गायक तथा संगीतकार शिव परियारको एकल स्वर तथा संगीतमा तयार भएको गीति एल्बम “तिमी र म” को आज एक समारोह बीच विमोचन गरिएको छ । उक्त सांगीतिक संग्रह बिमोचनको कार्यक्रम शब्दाङ्कुर मासिकका प्रधान सम्पादक श्री धीर कुमार श्रेष्ठ, गायक तथा संगीतकार शिव परियार, गीतकार सागर फुयाल, अभिनेत्री मिरुना मगर, अभिनेता अनुप बिक्रम शाही तथा रचना द्विमासिकका सम्पादक प्रतीक घिमिरेले संयुक्त रूपमा गर्नुभएको थियो ।

सोही अवसरमा उक्त सांगीतिक संग्रहमा समावेश गरिएको “तिमी हौ सबथोक मेरो” माथी छाँयाकंन गरिएको अभिनेत्री मिरुना मगर, अभिनेता अनुप बिक्रम शाही र गायक तथा संगीतकार शिव परियार अभिनित सांगीतिक भिडियोको प्रदर्शन पनि गरिएको थियो ।  विमोचन समारोहमा नेपाल स्रस्टा समाजका अध्यक्ष श्री ओम श्रेष्ठ “रोदन” तथा पत्रकारहरूको समेत उपस्थिती रहेको थियो ।

उक्त संगीतिक संग्रहमा छ वटा गीतहरू रहेका छन्ः
१. तिमी हौ सबथोक मेरो
२. तिमी र म अनि शीतल धुन
३. मेरो ज्यान भन्छ्यौ भने
४. हाम्रो माया एक नदीको दुई किनार
5. जिउन मन छैन अधर तिम्रो नहेरी
६. तिमी फूल हौ सुगन्ध छर्नु पर्छ तिमीले

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link