डेङ्गुको प्रकाेपबाट अस्पतालमा देखिएकाे रगत अभाव कम गर्ने उद्देश्यले काठमाडाैंकाे मध्य बानेश्वरमा रक्तदान कार्यक्रम आयाेजना गरिने भएकाे छ । मध्य बानेश्वर स्थित भुपिशेरचन मार्ग (कातियानी चोक)मा अवस्थित न्यू गनतव्य व्वाइज हाेस्टेलमा शनिबार विहान साढे १० बजे देखि दिउँसाे साढे १ बजे सम्म रक्तदान कार्यक्रम सञ्जालन गरिने छ ।
रक्तदान कार्यक्रम लाइन्स क्लब अफ काठमाडाैं देउराली डिश्टृक्ट ३२५ एम ले गर्न लागेकाे हाे । रगत अभावका कारण कसैले पनि ज्यान गुमाउँन नपराेस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयाेजना गर्न लागिएकाे लाइन्स क्लब अफ काठमाडाैं देउराली डिश्टृक्ट ३२५ एम की अध्यक्ष संजिता बाँस्कोटाले जानकारी दिनुभएको छ । रक्तदान कार्यक्रममा धेरैकाे सहभागिताकाे लागि अध्यक्ष बाँस्काेटाले अनुराेध गर्नुभएको छ ।