नाबालिगमाथि यौन हिंसा गरेको आरोपमा दुई जना युवक पक्राउ परेका छन् ।  नेपाल प्रहरीको साइबर ब्युरोले मंगलबार दुई जना पक्राउ गरेको हाे । पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-९ का १९ वर्षीय समिर तामाङ र १९ वर्षीय सुरेश तामाङ छन् ।

नाबालिगलाई उनीहरूले सामाजिक सञ्जालमार्फत यौन हिंसा गरेका थिए । पक्राउ परेका समिर तामाङले नाबालिगलाई फेसबुकमा साथी बनाएका थिए । कुराकानी गर्नेक्रममा उनले बालिकालाई प्रेम गर्ने बहानामा अडिओ र भिडिओ कल गर्न थालेका थिए ।

तर पछि उनले बालिकालाई मानसिक तनाव दिन थालेको प्रहरीले जनाएकाे छ । तनाव दिन थालेपछि नाबालिकाले उनलाई ब्लक समेत गरेका थिए । समिरले अन्य व्यक्तिको अश्लिल फोटो र भिडिओमा पीडित नाबालिकाको अनुहार जोडेर सामाजिक सञ्जालमा सार्वजनिक समेत गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै उनी र सुरेशले ती बालिकालाई एक दिन कोठामा समेत बोलाएका थिए । कोठामा बोलाएर सुरेशले बालिकामाथि यौन हिंसा गरेको दावी गरेका छन् ।   उनीहरूमाथि विद्युतीय कारोबार ऐन २०६३ र यौन हिंसा कसुरमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । काठमाडौं जिल्ला अदालतबाट पाँच-पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link