बोल्दैन,
हेर्दैन,
सुन्दैन
अनि,
देख्दैन पनि ऊ,
तैपनी,
नभनेरै अनि नसुनेरै
आजभोली
उसै संग !
मेरो प्रेम बसेकोछ
सायद !
उस्को छायाँको
अस्थिरपन्जिर संग
मेरो मस्तिष्क हरुले
उस्को आसक्ति मा
स्खलित भएर
उ बाट हारेको छु
र, !
उसैसंग प्रेम बसेकोछ,
हार्दैन, तर !
जित्न पनि दिदैन मलाइ ऊ,
तर, घोराउछ
सताउछ,
टोलाइ दिन्छ ऊ,
तैपनि !
उस्को सामु झुक्छु,
रुन्छु म !
र,
मनमा रहेका पीडा ओकल्छु
तर अहँ….. !
अहँ ! पटक्कै बुझ्दैन,
सुन्दैन,
जिन्दगीमा !
उसै संग खोल्छु
मनका सारा पीडा
तर, उ बैरो बनी दिन्छ !
अन्देखा गरिदिन्छ,
बेवास्ता गरिदिन्छ।
तैपनि !
म छाड्दिन
यो निर्जीव मुर्ति संग कुरा गर्न
र,
ब्याथा बाड्न
किनकी !
मेरो उस्को छायाँ सँग
प्रेम बसेको छ
सायद उसै संग……! मेरो
खै किन…………हो
करुणा के सी