सर्वोच्च अदालतले काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नागरिक उड्डयन प्राधिकरणविरुद्ध दायर रिट खारेज गरेको छ ।
काठमाडाैंकाे सिनामंगलस्थित प्राधिकरणको भवन नक्सा पास नगरी बनाएको भन्दै महानगरले काम रोक्न निर्देश्न दिएको थियो ।

महानगर प्रहरीले भवनको कम्पाण्डमा लगाइएको तारसमेत काटेको थियो । महानगरले कानूनविपरीत बलप्रयोग गरेको भन्दै प्राधिकरणले महानगर प्रमुख शाहलाई स्पष्टीकरण सोधेको थियो । बालेनले प्राधिकरणलाई स्पष्टीकरण नदिई अदालतमा रिट हालेका थिए । अदालतले उनको रिट खारेज गर्दै बालेनलाई नागरिक उड्डयन प्राधिकरणमा स्पष्टीकरण दिन भनेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link