मुगुको गमगढी बजारमा आगलागी हुँदा २१ घर जलेर नष्ट भएको छ । सोमबार मध्यराति पुरानो गमगढी बजारमा आगलागी हुँदा २१ घर जलेर पूर्ण रुपमा नष्ट भएको हो ।  नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।

स्थानीय स्तरमा पानी तथा माटोको प्रयोग गरेर आगो निभाउने प्रयास भएको थियो ।  रातिको समय र जोडिएका घर रहेको बस्ती भएकोले बढी क्ष्इाति भएको छ ।

आगलागीको ती घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । धनको कति क्षति भयो एकिग भइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय